एमालेले धर्ना दिने

नेपालगन्ज – नेकपा एमाले, बाँकेले जेनजीकाे नाममा भदाै २४ गतेकाे ताेडफाेड, आगजनी र लुटपाट गर्नेलाई कारबाहीका लागि दबाब दिने भएकाे छ ।
एमालेले अन्य विविध कार्यक्रमसँगै मंसिर १ गते जेनजीकाे नाममा ताेडफाेड, लुटपाट र आगजनी गर्नेलाई कारबाहीका लागि जिल्ला प्रशासनमा धर्ना दिने भएकाे हाे ।
जेनजीकाे नाममा बाँकेमा भीडभाड हुने सबैजसाे सरकारी कार्यालय, एमाले र कांग्रेसकाे पार्टी कार्यालयमा ताेडफाेड, अागजनी र लुटपाट भएकाे थियाे ।
एमाले बाँकेकाे कात्तिक १५ र १६ गते बसेकाे बैठकले कात्तिक १८ गतेदेखि नै विविध कार्यक्रम गर्ने कार्यक्रम सार्वजनिक गरेकाे छ ।
जिल्ला अध्यक्ष निरक गुरुङका अनुसार, कात्तिक १८ गते युवासँग संवादका लागि जिल्लाभरी खटिनेलाई अभिमुखीकरण, १९ गते पालिकास्तरीय बैठक, २२ गते वडास्तरीय संवाद, २४ गते स्थानीय तहस्तरीय संवाद, २९ गते नेपालगन्जमा ताेडफाेड गरिएका पुष्पलाल, वीपी, गणेशमान र सहिद सेतुविककाे शालिक पुनर्स्थापना, २९ गते नै जिल्लास्तरीय जनभेला र याे भेलामा महासचिव शंकर पाेखरेल र महेश बस्नेतलाई बाेलाउने, मंसिर २० युवा विद्यार्थीसँग प्रश्न-उत्तर कार्यक्रम गरिने छ ।
नयाँ युवासँग संवादका लागि एमालेले युवालक्षित १० वटा विषय उठाउने तयारी गरेकाे छ ।
एमालेले अाज पत्रकार सम्मेलन गरेर उक्त कार्यक्रम सार्वजनिक गरेकाे हाे । पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य एवं बाँके जिल्ला इन्चार्ज शान्ति ढकाल, सूर्य ढकाल, दिपा शर्मा, उपाध्यक्ष रत्न खत्री, सचिव बलराम भट्टराई, उपसचिवद्वय किशाेर थापा र निर्मला सुनारलगायतकाे उपस्थिति रहेकाे थियाे ।


error: यो सुविधा उपलब्ध छैन !