बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रम, १५ वटा स्कुल सहभागी

नेपालगन्ज – बाँकेमा स्कुले बालबालिकालाई लक्षित गरि फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु भएकाे छ ।
नेपालगन्ज रंगशालामा एक कार्यक्रमका बिच एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले उद्घाटन गरे ।
अध्यक्ष नेम्वाङले देशभरका एक हजार ७८ वटा स्कुलमा याे कार्यक्रम सुरु भएकाे जानकारी दिदै यसले फुटबल विकासमा टेवा पुग्ने बताए ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले फुटबलकाे विकासमा उपमहानगरपालिकाले सक्दाे सहयाेग गर्ने बताए ।

बाँके जिल्ला फुटबल संघका अध्यक्ष भाेजराज शाहीले २०८२ जेठ २९ गतेबाट नै बिहीबार र शुक्रबार बालबालिकालाई प्रशिक्षण गराइरहेकाे जानकारी दिए । उनले छिट्टै ४/५ ठाउँमा प्रशिक्षण राखेर तीन हजार बालबालिकालाई समेट्ने बताए ।
याे कार्यक्रमका लागि फिफाले ३२ हजार ६ सय ४० वटा बल दिएकाे छ । लुम्बिनी प्रदेशका ८५ वटा स्कुलमा याे कार्यक्रम सुरु गरिएकाे छ ।











