क्याफेमा लागु अौषध काराेबार !

नेपालगन्ज – बाँके प्रहरीले ठूलाे मात्रामा लागु अाैषधीसहित दुई जनालाई पक्राउ गरेकाे छ ।
नेपालगन्जका सुर्खेतराेडस्थित राेयल क्याफेबाट ४९ ग्राम ५१० मिलिग्राम ब्राउनसुगरसहित नेपालगन्ज-९ का ३८ वर्षीय चाँदअलि शेष र ३१ वर्षीय बब्लु शेषलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक केशव केसीले क्याफेमा लागु अाैषधीकाे काराेबार भइरहेकाे सूचनाका अाधारमा पुगेकाे प्रहरीले लागु अाैषधीसहित दुई जनालाई पक्राउ गरेकाे बताए ।
प्रहरीले पक्राउ परेका व्यक्तिलाई अदालतबाट १० दिनकाे म्याद थप अनुमति लिएर अनुसन्धान सुरु गरेकाे छ ।
नेपालगन्जमा पछिल्लाे वर्षहरुमा कफी पारखीकाे संख्या बढेकाे छ । यहाँ क्याफेहरु पनि प्रशस्त सञ्चालनमा रहेका छन् । अपराधिक गतिविधि गर्नेले क्याफेलाई काराेबार गर्ने थलाे बनाउन थालेकाेप्रति सञ्चालकहरु चनाखाे हुनु पर्ने देखिएकाे छ ।











