भेरीमा थपियाे ४ वटा डायलाइसिस मेसिन, विरामीलाई राहत


नेपालगन्ज – भेरी अस्पताल, नेपालगन्जमा चार वटा डायलाइसिस मेसिन थपिएकाे छ ।
याेसँगै भेरीमा १२ वटा डायलाइसिस मेसिन पुगेकाे छ । तीमध्येमा २ वटा मेसिन सेराेपाेजिटिभ अर्थात हेपाटाइटिस र एचअाइभी संक्रमितका लागि छुट्याइएकाे छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीका अनुसार, ४ वटा मेसिन थपिएसँगै भेरीमा दैनिक ३० जनाकाे डायलाइसिस भइरहेकाे छ । यहाँ दिनमा ३ सिफ्टमा डायलाइसिस हुन्छ ।
स्वास्थ्य मन्त्रालयले ३ वटा र अस्पतालले अाफ्नै स्राेतबाट एउटा मेसिन बनाएपछि ४ वटा थप भएकाे हाे । मेसु डा. सुवेदीले अब एउटा मेसिन बनाएर इमरजेन्सी र अाइसियुका लागि राख्ने याेजना रहेकाे बताए ।
मृगाैला पीडितले भेरीमा लाइन लाग्नु पर्ने अवस्था छ । बाहिर निजी अस्पतालमा एक पटक डायलाइसिस गरेकाे ५ हजारसम्म पर्छ । भेरीमा निशुल्क डायलाइसिस हुने भएकाले चाप बढी रहेकाे छ ।
अस्पतालले मेसिन थपिएसँगै डायलाइसिस कक्षकाे पुराना बेडकाे मर्मत र सुधार गरेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !