बाघकाे आक्रमणबाट खत्रीकाे मृत्यु

नेपालगन्ज – बाँकेमा बाघकाे आक्रमणबाट एक जनाकाे मृत्यु भएकाे छ ।
राप्तीसाेनारी गाउँपालिका वडा नम्बर ९, गुरुवागाउँ नमूनाटाेलका ४० वर्षीय ईन्द्रबहादुर खत्रीकाे बाघकाे आक्रमणबाट मृत्यु भएकाे हाे ।
रिम्ना सामुदायिक वनमा घाँस काट्न गएका खत्रीलाई हिजाे बाघले आक्रमण गरेकाे हाे । घाँस काट्न गएका खत्री सम्पर्कबिहीन भएपछि स्थानीयले खाेजतलास गरेका थिए । उनकाे शव आज क्षतविक्षत अवस्थामा फेला परेकाे छ । शरीरकाे मासु खाएकाे, टाउकाे र खुट्टा छुट्टिएकाे अवस्थामा शव भेटिएकाे छ ।
बाघले पटक-पटक मान्छेलाई आक्रमण गरेकाे भन्दै स्थानीयले निकुञ्ज प्रशासनविरुद्व आक्राेश पाेखेका छन् ।
बाँके राष्ट्रिय निकुन्जमा बाघकाे संख्या बढ्दै जादा यस्ता दुर्घटना भइरहेका छन् । निकुन्ज आसपासका जनता त्रसित भएका छन् ।
निकुन्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रबहादुर कँडेलले मान्छेलाई आक्रमण गर्ने बाघकाे पहिचान गर्न लागिपरेकाे बताए ।











