जेन-जी आन्दाेलनमा ज्यान गुमाएका नेपालगन्जका दुुई युवाकाे शव ल्याइयाे


नेपालगन्ज – काठमाडाैमा भएकाे जेन-जी आन्दाेलनमा ज्यान गुमाएका नेपालगन्जका दुई युवाकाे शव ल्याइएकाे छ ।
बुद्व एयरकाे विमान चाटर्ड गरेर आन्दाेलनमा ज्यान गुमाएका नेपालगन्ज -१, धम्बाेझीका सुलभ श्रेष्ठ र आयुष थापाकाे शव ल्याइएकाे हाे ।
सुलभकाे घरमा केहीबेर शव राखेर अन्त्येष्टीका लागि लगिएकाे छ । आयुषकाे आफन्ती आउन बाँकी रहेकाले पछि दाहसंस्कार हुने बताइएकाे छ ।
सुलभकाे शवलाई नेपालगन्ज परिक्रमा गरेर दाहसंस्कार गर्न लगिएकाे छ । मलामीमा नेपालगन्ज उर्लिएकाे छ । ठूलाे संख्याका मानिस शव घरमा ल्याइ नपुर्याउँदै जम्मा भएका थिए । उपस्थित सबैजसाे मलामी गएका छन् ।
धम्बाेझीमा भेरी बाेर्डिङ स्कुल सञ्चालन गरेका नरेन्द्र श्रेष्ठका एक्ला सन्तान सुलभ हुन् सुलभ ।


error: यो सुविधा उपलब्ध छैन !