त्रिपाल वितरण


डुडुवा – डुडुवा गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई प्लाष्टिक त्रिपाल वितरण गरेको छ ।
फुस तथा कच्ची घर भएका परिवारलाई बर्षाको समयमा ओत लाग्नका लागि पालिकाले प्लाष्टिक त्रिपाल र डोरी वितरण गरेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए। उनका अनुसार, डुडुवा बाढी प्रभावित क्षेत्र भएको र यहाँका अधिकाँस नागरिक गरिब छन् । उनीहरुलाई वर्षाको समयमा घरमा बस्न सहजताका लागि त्रिपाल वितरण गरिएको हो ।
पालिकाको वडा नं. १ देखि ६ सम्म करिब तीन हजार घरधुरीलाई त्रिपाल र डोरी वितरण गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेयले जानकारी दिए । पालिकाले बाढी तथा डुबान पीडितको लागि विभिन्न स्थानमा आश्रयस्थल निर्माण गरेको छ ।
पालिकाले स्वास्थ्य, कृषि, तथा पशु सेवालाई घरघरमा पुगेर नियमित रुपमा नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्दै आएको छ ।


error: यो सुविधा उपलब्ध छैन !