चिडिमार बालबालिकालाई कपडा वितरण


नेपालगन्ज – अल्पसंख्यक समुदाय चिडिमारका बालबालिकालाई कपडा वितरण गरिएकाे छ ।
मरियम फाउन्डेसन, काठमाडाैंकाे अायाेजना र लालीगुँरास फेन्सी केयर, नेपालगन्जकाे सहअायाेजनामा नेपालगन्ज-१२, बेलासपुरमा बस्ने ५३ जना चिडिमार समुदायका बालबालिकालाई कपडा वितरण गरिएकाे हाे ।
हजरत माेहम्मद मुस्तफा सल्लल्लाह ताला अल‌ैही वसल्लमकाे १५०० जन्म दिनकाे अवसरमा अल्पसंख्यक चिडिमार समुदायका बालबालिकालाई कपडा वितरण गरिएकाे अध्यक्ष रुविनी अन्सारीले बताइन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सराफत हुसैन खानकाे उपस्थितिमा बहेलिया चिडिमार समाजका अध्यक्ष रामु चिडिमारलगायतले कपडा वितरण गरेकाे सल्लाहकार दिनेश ठाकुरले जानकारी दिए ।


error: यो सुविधा उपलब्ध छैन !