गण्डकी र लुम्बिनी प्रदेश बीच पर्यटन अन्तर्सम्बन्ध खाेज्न अन्तरक्रिया


नेपालगन्ज – लुम्बिनी प्रदेशका उद्याेग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्याैपानेले पर्यटकलाई सजिलाेका लागि ´एल्लाे कार्ड` छापेकाे र त्यसलाई वितरण गर्ने तयारी गरेकाे बताएका छन् ।
भारतीय सवारी साधनमा आउने पर्यटकले धेरै ठाउँमा चेकिङलगायतकाे सास्ती पाएकाे व्यापक गुनासाे आएकाले प्रदेश सरकारले एल्लाे कार्ड व्यवस्था गरेर आवागमनमा सहज गराउन थालेकाे हाे ।
नेपाल पर्यटन बाेर्डकाे प्रवर्द्वनमा नाट्टा गण्डकी प्रदेशकाे अायाेजना तथा नाट्टा बाँकेकाे संयाेजनमा नेपालगन्जमा भएकाे अन्तर प्रदेश पर्यटन प्रवर्द्वन अन्तरक्रियामा बाेल्दै पर्यटन मन्त्री न्याैपानेले चेकिङकाे विधि परिवर्तन नगरेसम्म पर्यटन क्षेत्रमा नेपालकाे छाप राम्राे नजाने बताए । उनले भने, ´नेपालकाे चेकिङ झन्झटिलाे छ । भालुवाङदेखि लमही अाउदा ५ ठाउँमा चेकिङ हुन्छ । एकद्वार गराै भनेर बैठक गर्छाै । फेरि उस्तै हुन्छ ।`
मन्त्री न्याैपानेले लुम्बिनी अाएका पर्यटकलाई गण्डकी र गण्डकीमा अाएका पर्यटकलाई लुम्बिनी ल्याउने गरि काम गर्न जरुरी रहेकाे बताए ।
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशाेर दाहालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश सांसद अम्बिका काफ्ले, नाट्टा बाँकेका संयाेजक श्रीराम सिग्देल, नेपालगन्ज उद्याेग बाणिज्य संघका महासचिव भीमबहादुर रानाभाट, पर्यटन प्रवर्द्वन मन्च रफ बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, कार्यक्रम संयाेजक राजेश पहाडीलगायत यहाँ हाेटल व्यवसायीले नेपालगन्ज-भैरहवा-पाेखराका बीचमा समन्वय गरेर अघि बढ्दा पर्यटन व्यवसायमा टेवा पुग्ने बताए ।


error: यो सुविधा उपलब्ध छैन !