मानव बेचबिखन राेक्न हातेमालाे आवश्यक


नेपालगन्ज – मानव बेचबिखन संगठित अपराध भएकाले यसलाई राेक्न सरकारी तथा गैरसरकारी संघ संस्थाकाे हातेमालाे अावश्यक रहेकाे बताइएकाे छ ।
माइती नेपाल, नेपालगन्जले अाव ०८१/८२ मा गरेकाे गतिविधिकाे सामाजिक परीक्षण कार्यक्रममा सहभागी भएका सरकारी तथा गैरसरकारी संघ संस्थाका अधिकारीले मानव बेचबिखन राेक्न सहकार्य र समन्वयमा जाेड दिए । उनीहरुले संगठित अपराध नियन्त्रण गर्न त्यसविरुद्धमा काम गर्नेहरुबीच सहकार्य हुनु पर्ने बताए ।
जिल्ला समन्वय समितिका उपसंयाेजक सीता कार्की, सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्री, बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला राेकाय, जिल्ला प्रहरी कार्यालय , बाँकेका प्रहरी नायव उपरीक्षक दिपक पातली, नेपालगन्ज उपमहानगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक महाशाखाकी अधिकृत पवित्रा पुरी, अाशाकुमारी शाही, नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष नवीन गिरी, कमला पन्तलगायतले सामाजिक सन्जालकाे दुरुपयाेगले मानव बेचबिखनकाे जाेखिम बढाएकाे बताउँदै यसलाई राेक्न सबै पक्ष लाग्नु पर्ने बताए ।
साे अवसरमा माइती नेपाल, नेपालगन्जका संयाेजक केशव काेइरालाले वर्षभरी गरेका गतिविधि सार्वजनिक गरेका थिए । माइती नेपाल, नेपालगन्जले याे अवधिमा जाेखिमपूर्ण यात्रामा रहेका ५ सय १२ जनालाई नेपालगन्ज नाकाबाट उद्दार गरेकाे छ । भारतबाट १४ जनाकाे उद्दार गरेकाे छ । याे वर्ष ८ सय १७ वटा खाेजतलासकाे निवेदन परेकाे छ । त्यसमध्येमा ४ सय ३७ जना फेला परेका छन् ।
माइती नेपालले जाेखिमपूर्ण यात्रामा रहेकालाई नाकामै राेकेर अभिभावककाे जिम्मा लगाउने गर्दछ । उसले विभिन्न दिवसहरुमा नाकामा जनचेतनामूलक पर्चा, पम्प्लेट बाँड्ने, सडक नाटक देखाउने, अन्तरदेशीय कार्यशाला गर्ने गर्दछ ।
माइती नेपाल, नेपालगन्जका संयाेजक काेइरालाले खाेजतलास तथा उद्दारका लागि धेरै निवेदन अाउने र भारत तथा तेस्राे मुलुकबाट उद्दार गर्नु पर्ने हुँदा त्यहाँ सरकारी संयन्त्र नहुँदा उद्दारमा समस्या हुने गरेकाे बताए । उनले भारतबाट त्यहाँकाे संघ संस्थाकाे सहयाेग लिएर उद्दार गर्ने गरेकाे जानकारी दिए ।


error: यो सुविधा उपलब्ध छैन !