नेपालगन्जमा लोकतान्त्रिक खेलकुद संघ लुम्बिनीकाे अधिवेशन सुरु

नेपालगन्ज – नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनि प्रदेशको प्रथम अधिवेशन मंगलबार नेपालगन्जमा सुरु भएकाे छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ महाअधिवेशन निर्देशन समिति संयोजक मोहनबहादुर बस्नेतले पार्टीलाई मजबुत बनाउन खेलकुदका माध्यमबाट सशक्त भूमिका खेल्नुपर्ने बताएका छन् ।

लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेस केन्द्रिय सदस्य समेत रहेका बस्नेतले पार्टीलाई युवालाई समेट्न खेलकुदसँग जोडेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा सहभागी काँग्रेस खेलकुद विभाका प्रमुख उमेश रायमाझी, केन्द्रिय सदस्य गणेश लामा, कर्णाली प्रदेशका मन्त्री राजिवविक्रम शाह, प्रदेश सभा सदस्यहरु बादशाह कुर्मी, माया पुन, मिना सिद्दिकी, सुशीला वादी, ओलम्पियन सुरेन्द हमाल र पार्वती थापा, संघका केन्द्रिय अध्यक्ष देवेन्द्र शेरचन, महासचिव सुबोध प्रधान लगायत लुम्बिनी प्रदेशका १२ जिल्लाका अध्यक्षहरु तथा प्रदेश प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
प्रदेश संयोजक नरेन्द्र थापाको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा ओलम्पयन सुरनेद्र हमाल र पार्वती थापालाई सम्मान गरिएको थियाे । प्रथम प्रदेश अधिवेशनले नयाँ कार्य समिति समेत चयन गर्ने बताइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !