छाडा पशुका कारण दुर्घटना बढ्याे
नेपालगन्ज – छाडा पशुका कारण दुर्घटना बढेकाे छ ।
स्थानीय सरकारले छाडा पशुलाई व्यवस्थापन गर्न नसक्दा दुर्घटना बढिरहेकाे छ ।
गाईलाई दूध दिने बेलासम्म र गाेरु, गधा, खच्चड र घाेडालाई काम गर्न सक्ने बेलासम्म घरमा राख्ने र काम गर्न नसक्ने भएपछि सडकमा छाेड्ने प्रवृत्तिले सडक दुर्घटना बढिरहेकाे छ । दुर्घटनाबाट ठूलाे धनजनकाे क्षति भएकाे छ । छाडा पशुका कारण पैदल यात्रुलेसमेत सास्ती खेपेका छन् ।
जिल्ला ट्राफिक कार्यालय, बाँकेका अनुसार अाव ०८१/८२ मा छाडा पशुका कारण ११ वटा दुर्घटना भएकाे छ । दुर्घटनामा २२ वटा पशुकाे मृत्यु भएकाे छ भने ७ वटा घाइते भएका छन् । दुर्घटनामा १० जना मानिस घाइते भएका छन् । अाव ०८०/८१ मा छाडा पशुका कारण ९ वटा दुर्घटना भएका छन् । १२ वटा पशुकाे मृत्यु भएकाे छ भने ३ वटा पशु घाइते भएका छन् । दुर्घटनामा ३ जना मानिस घाइते भएका छन् ।
चालु अावकाे साउन महिनामा एउटा दुर्घटना भएकाे छ । एक पशुकाे मृत्यु भएकाे छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले छाडा पशुकाे कारण दुर्घटना बढेकाे बताए ।
नेपालगन्ज बजारमा छाडा पशु व्यवस्थापन सधैं टाउकाे दुखाईकाे विषय बन्ने गरेकाे छ ।
नेपालगन्जका मेयर प्रशान्त विष्टले सडकमा देखिएका पशुलाई कान्जीहाउसमा लगेर राख्ने काम भइरहेकाे बताए । उनले भने, ´हामीले छाडा पशुलाई कान्जीहाउसमा लगिरहेका छाै । तर, खुल्ला सीमाका कारण पारीबाट पशु अाइरहेकाे छ ।`
नेपालगन्ज उपमहानगरपालिकाले खानामा वार्षिक दस लाख बढी खर्च गरेर कान्जीहाउसमा छाडा पशुकाे व्यवस्थापन गरिरहेकाे जनाएकाे छ ।