नेपालगन्ज – अाैषधी व्यवस्था विभाग, नेपालगन्जले नेपालगन्ज मेडिकल कलेज अगाडि रहेकाे दिपकमल फार्मेसीलाई सील गरेकाे छ ।
विभागकाे टाेलीले अनुगमन गर्दा नेपालमा दर्ता नभएकाे अाैषधी संचय गरेकाे पाएपछि फार्मेसीलाई सील गर्दै १७ दिन निलम्बन गरेकाे हाे ।
अाैषधी व्यवस्था विभाग, नेपालगन्जका अनुसार दुई महिना अघि अनुगमन गर्दा दिपकमलमा नेपालमा दर्ता नभएकाे अाैषधी संचय गरेकाे पाइएकाे र त्यससम्बन्धमा विभागमा जानकारी गराउदा १७ दिन निलम्बनमा राख्न निर्देशन अाएबमाेजिम अाैषधी व्यवस्था विभागले सील गर्दै निलम्बन गरेकाे हाे । फार्मेसीले डब्लुएचअाेकाे मापदण्ड विपरित थाइराइडकाे अाैषधी बिक्री गरेकाे बताइएकाे छ ।
अाैषधी व्यवस्था विभाग, नेपालगन्जका कर्मचारी दिपेन्द्रकुमार शाहले यसअघि जेम्स फार्मेसीलाई ७ दिन र साैगात फार्मेसीलाई १५ दिन निलम्बन गरिएकाे बताए ।
नेपालमा दर्ता नभएकाे अाैषधीकाे बिक्री वितरण भएकाे गुनासाे अाइरहेपछि विभागले अनुगमन गर्दै कारबाहीकाे दायरामा ल्याएकाे छ ।