गुरदास फुटवयरलाई जरिवाना

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका-२०, मनिकापुरस्थित गुरदास फुटवयर इण्डष्ट्रिजलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

अनुगमनका क्रममा आज उक्त इण्डष्ट्रिजलाई २ लाख रुपैयाँ जरिवाना गरिएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख हरिबहादुर खत्रीले जानकारी दिए ।

उत्पादित जुत्ता चप्पलमा कारखाना मूल्य अर्थात एमआरपी उल्लेख नगरी बजारमा बिक्री वितरण गरेको देखिएपछि जरिवाना गरिएको खत्रीले बताए ।

गुरदास फुटवयरलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ड (क) बमोजिमको कसुर गरेको देखिएकोले सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम २ लाख रुपैयाँ जरिवाना गरिएको हो ।


error: यो सुविधा उपलब्ध छैन !