आफ्नै खेतमा जान डुंगा चढ्नु पर्ने बाध्यता


नेपालगन्ज – हाेलिया सिम्रहनाका राजेश यादव डुंगा चढेर बिहान-बेलुका घाँस काट्न जान्छन् । डुडुवा नालाकाे वारि घर र पारी खेत रहेकाले नाला बढ्दा यादवलाई डुंगा चढ्नु पर्ने बाध्यता रहेकाे छ ।
डुडुवा गाउँपालिका वडा नम्वर १, टेपरीमा पुल नहुँदा यादवजस्ता धेरै मानिसलाई आफ्नै खेतमा जादा डुंगा चढ्नु पर्ने बाध्यता रहेकाे हाे । यादव भन्छन्, खेत नाला पारी छ । धान गाेड्न र घाँस काट्न दिनमा कम्तीमा दुई पटक खेतमा जानुु पर्छ, डुंगा नचढी सुखै छैन ।
सिम्रहना, टेपरीगाउँका ८० प्रतिशत मानिसकाे जग्गा डुडुवा नाला पारी कृषि चाैफेरीमा जग्गा छ ।
डुडुवा गाउँपालिका कार्यालयले टेपरीमा डुंगाकाे व्यवस्था गरिदिएकाे छ । मासिक दस हजार पाउने गरी स्थानीय गाेलु यादवले डुंगा चलाउँछन् । उनले दिनमा ५०/६० जनालाई नाला वार-पार गराउने जानकारी दिए ।
दशकाैदेखि टेपरीमा पुल बनाउन माग हुँदै अाएकाे छ । स्थानीय रामकरण यादवले अहिलेसम्म ३/४ पटक पुल बनाउन माटाे परीक्षण गरिएकाे बताए ।
डुडुवा नालामा सधैजसाे पानी हुन्छ । बर्खामा नालामा बाढी अाउँछ । घरमा पालेकाे भैसीलाई घाँसकाे व्यवस्था गर्न खेतमा जानै पर्छ ।
टेपरी, सिम्रहना, छिट्टैपुरवा डुवान हुने ठाउँ हाे । २०७१ सालकाे बाढीले छिट्टैपुरुवावासीलाई उठीबास लगाइदिएकाे छ । त्याे वर्षपछि राप्ती नदीले धार परिवर्तन गरेकाले अहिले यहाँ डुडुवा नाला बग्छ । डुडुवाले पनि स्थानीयलाई समस्यामा पार्ने गरिएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !