भेरीमा नेपालमै पहिलाे पटक नवजात शिशुकाे सिकलसेल जाँच हुने

नेपालगन्ज – भेरी अस्पताल, नेपालगन्जमा नवजात शिशुकाे सिकलसेल एनिमिया/थालसिमियाकाे जाँच गर्ने मेसिन जडान गरिएकाे छ ।
´एचपीएलसी` नामकाे याे मेसिन नेपालमै पहिलाे पटक भेरीमा जडान गरिएकाे हाे । प्रदेश सरकारले दिएकाे मेसिन भारतबाट अाएका ईन्जिनियरले जडान गरिरहेकाे मेसु डा. निराजन सुवेदीले जानकारी दिए ।
अहिलेसम्म १६ महिनामुनीका बालबालिकाकाे सिकलसेल जाँच हुँदैनथ्याे । याे मेसिन सञ्चालनमा अाएपछि नवजात शिशु अवस्थामै सिकलसेल जाँच हुनेछ । रगत निकालेर जाँच गरिन्छ ।
भेरीमा अहिले पनि सिकलसेलका विरामीलाई विभिन्न सेवा दिइरहेकाे छ । मेसु डा. सुवेदीका अनुसार, भेरीमा निशुल्क जाँच, विरामीलाई रगत चढाउन ६ शैयाकाे छुट्टै वार्ड, भर्ना गर्न १० शैयाकाे वार्ड, विपन्नबाट १ लाख बराबरकाे अाैषधि सहयाेग दिँदै अाएकाे छ ।
भेरीमा एक हजार चार सय विरामी नियमित जाँचमा रहेका छन् । सिकलसेल थारु समुदायमा जनस्वास्थ्यकाे समस्याकाे रुपमा रहेकाे छ । बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरमा थारु समुदायकाे बाक्लाे बसाेबास रहेकाे छ । बंशाणुगत राेगकाे रुपमा रहेकाे सिकलसेल फरक समुदायसँग विवाह गर्दा नदेखिने जानकारहरुले बताएका छन् ।











