छुट्टाछुट्टै मनाइयो पृथ्वी जयन्ती


नेपालगन्ज – बाँकेका राजावादी तथा हिन्दुवादीले आ–आफ्नै तरिकाले ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन् ।
राप्रपा, राप्रपा नेपाल, विद्वत परिषद, शिव सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस छुट्टाछुट्टै कार्यक्रम गरी मनाएका हुन् ।
राप्रपाले महामन्त्री डा. धवलशमशेर राणा, सहायक महामन्त्री ऋषिराज देवकोटा, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, नन्दलाल बैश्य, विन्दु चर्तिमगर, रितु चन्द, हुकुम केसी, खगेन्द्र गिरी कोपिलालगायतको उपस्थितिमा नेपालगन्जको बागेश्वरी पार्कमा कार्यक्रम गरी दिवस मनाएको छ । राप्रपाले डुडुवा गाउँपालिकामा पनि कार्यक्रम गरी पृथ्वी जयन्ती मनाएको छ । खजुरा गाउँपालिकामा पनि कार्यक्रम गर्दैछ ।
राप्रपा नेपालले रातीतलाउस्थित आफ्नै कार्यालयमा चियापान कार्यक्रम गरी पृथ्वी जयन्ती मनाएको छ । सहायक महामन्त्री तेजविक्रम शाह, जिल्ला अध्यक्ष दिपेन्द्रबहादुर सिंहलगायत कार्यक्रममा उपस्थित थिए ।
नेपाल विद्वत परिषद्, बाँकेले छुट्टै कार्यक्रम गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । जिल्ला अध्यक्ष एवं केन्द्रीय उपाध्यक्ष दिपकबहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा इन्द्रजीत तिवारी, सुदीप भट्टराई, वीरेन्द्र शर्मालगायतको उपस्थिति थियो । नेपाल विद्वत परिषद्, बाँकेका अध्यक्ष सिंहले प्रत्येक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गर्दछन् । शिव सेनाले नेपालगन्जमा मोटरसाइकल ¥याली निकालेको थियो ।
सबै कार्यक्रमका वक्ताहरुले वडामहाराजधिराज पृथ्वीनारायण शाहको योगदान र राष्ट्रका बारेमा चर्चा गरेका थिए ।
राजसंस्था र हिन्दु राष्ट्रको वकालत गर्दै आएका यिनीहरु राष्ट्रिय एकता दिवससमेत एकै ठाउँमा गर्न सक्दैनन् ।


error: यो सुविधा उपलब्ध छैन !