आन्दाेलनकारीले सन्जीवनीकाे बाेर्ड फाले
नेपालगन्ज – नेपालगन्ज मेडिकल कलेजका कर्मचारीले सन्जीवनी कलेज अफ मेडिकल साइन्सकाे बाेर्ड फालेका छन् ।
तीन हप्ता बढीदेखि निरन्तर अान्दाेलनमा रहेका कर्मचारीले शनिबार दिउंसाे सन्जीवनीकाे बाेर्ड फालेका हुन् । लर्ड बुद्व एजुकेशनल एकेडेमी लिमिटेडद्वारा सञ्चालित नेपालगन्ज मेडिकल कलेजका कर्मचारीले तलवलगायत सेवा सुविधा बृद्विकाे माग राखेर अान्दाेलन गरिरहेकै बेला अस्पताल व्यवस्थापनले कलेजकाे नाम नै परिवर्तनकाे बाेर्ड राखेर अाठ सय कर्मचारी मागकाे सूचना निकालेकाे थियाे । त्यसले अान्दाेलनकारी थप अाक्राेशित भएका छन् ।
लामाे समयदेखि अान्दाेलन चलिरहे पनि वार्तामा बस्नुकाे सट्टा व्यवस्थापन अदालत गएकाे थियाे । अदालतले हालै कर्मचारीकाे अान्दाेलन गर्ने प्रक्रियामा प्रश्न उठाउदै काम नराेक्न अन्तरिम अादेश गरेकाे छ ।
कर्मचारीले विभिन्न ७ बुंदे माग राखेर ७ महिना अघि मागपत्र बुझाएका थिए ।