भारतबाट फर्किए पूर्वराजा
नेपालगन्ज – झण्डै दुई हप्ताकाे भारत बसाईपछि पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगन्ज फर्किएका छन् ।
मंसीर १७ गतेदेखि नेपालगन्जमा बसिरहेका पूर्वराजा शाह पुस ७ गते भारत गएका थिए । उनी अाज अपरान्ह ५ बजे नेपालगन्ज फर्किएका हुन् ।
भारतकाे लखनउमा गएका पूर्वराजाले त्यहां काे-काेलाई भेटे अाधिकारिक रुपमा बाहिर ल्याइएकाे छैन । उत्तर प्रदेशका मुख्यमन्त्री याेगी अादित्यनाथलगायतलाई भेटेकाे बताइएकाे छ ।
पूर्वराजा केही दिन नेपालगन्ज बसेर काठमाडाै फिर्ता हुँदैछन् । नेपालगन्जमा बसेर उनले नेपालगन्जकाे बागेश्वरी मन्दिर, राप्तीसाेनारीकाे भुवरभुवानी मन्दिर, दाङ र बर्दिया जिल्लाकाे भ्रमण गरेका थिए ।
पूर्वराजासंगै पूर्वरानी काेमल र छाेरीहरु नेपालगन्जमा रहेका छन् ।