मानव बेचबिखन राेक्न सहकार्यमा जाेड


नेपालगन्ज – नेपाल र भारतका सरकारी तथा गैरसरकारी संघ संस्थाका अधिकारीले मानव बेचबिखन राेकथामका लागि सहकार्यमा जाेड दिएका छन् ।
माइती नेपाल, नेपालगन्जले नेपालगन्जमा अायाेजना गरेकाे मानव बेचबिखन तथा अाेसारपसारविरुद्वकाे अन्तरदेशीय कार्यशालामा सरकारी तथा गैरसरकारी निकायका बीचमा प्रभावकारी संयन्त्र बनाएर राेकथाम, उद्दार र पुनर्मिलनकाे काम गर्नु पर्ने बताइएकाे छ ।
कार्यशालाकाे उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेनाले तीन तहका सरकारसंगै भारतीय अधिकारीसंग मिलेर मानव बेचबिखन राेकथाममा प्रभावकारी काम गर्न सुझाव दिए । उनले मानव बेचबिखन राेकथाम, न्यूनीकरण, उद्दारका लागि प्रभावकारी संयन्त्र बनाउन जरुरी रहेकाे बताए ।
बांकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले मानव बेचबिखन राेकथामकाे मुद्दालाई दुई देशका सुरक्षा अधिकारीकाे बैठकमा पनि उठाउने गरेकाे र अाफूहरुका बीचमा समन्वय भइरहेकाे बताए ।
माइती नेपालका निर्देशक विश्व खड्काले बैदेशिक राेजगारीका नाममा मानव बेचबिखन भइरहेकाे बताए । उनले पछिल्लाे दुई वर्षमा ४० हजार तीन सय बेचबिखनमा परेकाे र २६ हजार ५ सयकाे नाकाबाट उद्दार गरिएकाे जानकारी दिए ।
माइती नेपाल, नेपालगन्जका प्रमुख केशव काेइरालाले दुई देशका सरकारी तथा गैरसरकारी संघ संस्थाका अधिकारीले मानव बेचबिखन राेक्न प्रभावकारी संयन्त्र बनाउने र त्यसले समन्वय, सूचना अादान प्रदान, उद्दारमा काम गर्ने बताए ।
मानव सेवा संस्थान गाेरखपुरका माे. समुनले दुई देशका बीचमा संयन्त्र बन्दा काम गर्न सहज हुने बताए ।
कार्यक्रममा मानव बेचबिखनविरुद्वमा काम गर्ने संघ संस्थाका प्रतिनिधिकाे उपस्थिति थियाे ।


error: यो सुविधा उपलब्ध छैन !