पर्वको राजा शिवरात्री
नेपालगञ्ज – फल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री धुमधामसहित बनाइएको छ ।
हिन्दू धर्मावलम्वीहरुले कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये शिव रात्रीलाई पवित्र पर्वका रूपमा धुमधामका साथ मनाउने गर्दछन् ।
नेपालको राजधानी काठमाण्डौ प्रशिद्ध शक्तिपीठ पशुपति नाथ मन्दीर, पश्चिम नेपालकै प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दीरलगायत देशभरका भगवान शिवजीको मन्दीरहरुमा नेपाल तथा भारतका दर्शनार्थीहरूको विहानैदेखि घुइँचो लाग्ने गर्छ र धुमधामका भक्तजनहरुले पूजा आराधना गरी मनाउने गर्दछन् ।
निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुधको अभिषेक र भगवान शिवको महिमा भजन किर्तन पूजा आराधना गरी मनाइने शिवरात्री पर्वलाई पर्वको पनि राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुबैको प्राप्ती हुने धार्मिक विश्वास छ ।
भगवान शिव उत्पत्ति भएको रातको नामबाट मनाइने महाशिवरात्रीको अवसरमा नेपालगञ्जस्थित व्रम्हाकुमारी इश्वरीय विश्वविद्यालय क्षेत्रीय सेवा केन्द्रले पनि हरेक वर्ष झैं यस पवित्र पर्वलाई स्नेह मिलन तथा आध्यात्मिक रहस्योद्घाटित प्रवचन कार्यक्रमको भव्य रुपमा आयोजना गरेको छ । सो अवसरमा केन्द्रले शुक्रबार साँझ नगरभरी झाँकी प्रदर्शन र मोटरसाइकल र्यालीको आयोजना पनि गरेको छ ।
प्रतिकुल मौसम र सिमसिमे पानीका वीच पनि विहान उल्लेख्य रुपमा सहभागीहरुको उपस्थितिमा केन्द्रकी क्षेत्रीय अध्यक्ष राजयोगिनी बाल व्रम्हचारिणी व्रम्हाकुमारी दुर्गाले अध्यक्षको आसनबाट बोल्दै शिव रात्रीको महत्व, महिमाको बारेमा चर्चा गर्दै व्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयले ८४ औं महाशिवरात्रीको रुपमा यो पर्वलाई भव्य रुपमा हरेकमा केन्द्रमा मनाइरहेको बताउनु भयो । उहाँले विश्वका १ सय ४४ राष्ट्रमा झण्डै १० हजारको संख्यामा रहेको सेवा केन्द्रहरु रहेको विश्वविद्यालयहरुले समाजमा बढ्दै गएको विकृति, विसंगति, नकारात्मक सोंच, अशान्ति, अनैतिक प्रवृत्ति विरुद्ध मानव समुदाय वीच नैतिक मूल्य मान्यता आध्यात्मिक शिक्षाको माध्यमबाट सकारात्मक सन्देश फैलाइरहेको बताउनु भयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य प्रा. हरि प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपालगञ्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुलाई स्वागत पनि गरिएको थियो ।
वम्हाकुमारी मुना वहिनीद्वारा सञ्चालित सो कार्यक्रममा नेपालगञ्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष अब्दुल वाहिद मन्सुरी, वरिष्ठ पत्रकार पूर्ण लाल चुके, सेवा केन्द्रमा आवद्ध वरिष्ठ सदस्य व्रम्हाकुमार कृष्ण लगायतले बोल्नु भएको थियो ।
बालिकाहरुद्वारा आध्यात्मिक गीत र नृत्य पनि प्रस्तुत गरिएको सो अवसरमा झण्डोत्तोलन पनि गरिएको थियो ।
सम्पूर्ण दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिइने प्रचलन छ ।
महाशिवरात्रीको पावन अवसरमा लिइने व्रतलाई सर्वाेत्तम व्रतका रुपमा लिइने यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिर र शिवालयहरुमा पूजा आराधना गरी व्रत बस्ने, ‘ओम् नमः शिवाय’ को पवित्र मन्त्र जप्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।