अस्पताल अगाडि टायरकाे मुस्लाे
नेपालगन्ज – सडक दुर्घटनामा मृत्यु भएका युवाका अाफन्त र स्थानीयले नेपालगन्जकाे भेरी अस्पताल अगाडि टायर बालेर सडक अवरुद्ध गरेका छन् ।
नेपालगन्जकाे बसपार्कस्थित बाइपासराेडमा अाइतबार सांझ भे ६ प ८०२ र भे ३ प ७१७१ नम्बरकाे माेटरसाइकल दुर्घटना हुँदा नेपालगन्जका २६ वर्षीय अमन कसाैधन (गुप्ता) काे मृत्यु भएकाे थियाे भने नेपालगन्जकै एहसान शेष घाइते भएका थिए । घाइते शेष भेरी अस्पतालबाट सम्पर्कबिहीन भएपछि मृतकका अाफन्त र स्थानीयले तत्काल समात्न माग राख्दै टायर बालेर सडक अवरुद्ध गरेका हुन् ।
घाइते शेष भेरीमा पुगेका थिए । चिकित्सकले सिटी स्क्यान गर्न पठाएका थिए । सिटी स्क्यान गर्न बाहिर निस्केका शेष सम्पर्कबिहीन भएका थिए । केहीले उनी भारतमा उपचार गर्न गएकाे बताएका छन् । बांके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले शेषलाई खाेजेर ल्याउने प्रतिबद्धता गरेपछि टायर बाल्न बन्द गरिएकाे छ । मृतक पक्षले शेषलाई नल्याउदासम्म अान्दाेलन जारी रहने बताएका छन् ।
अस्पतालजस्ताे संवेदनशील ठाउँ अगाडि तीन ठाउंमा टायर बाल्दा धुँवाकाे मुस्लाेले अाकाश ढाकेकाे थियाे ।