डुडुवाले राप्तीमा शवदाह गृह निर्माण गर्दै
डुडुवा – बाँकेको डुडुवा गाउँपालिका अन्र्तगत राप्ती नदीमा शवदाह घाट निर्माण गरिरहेकाे छ । डुडुवा गाउँपालिकाले वार्ड नंं–५ स्थित राप्ती नदीको पुल नजिकै शवदाह घाट निर्माण निर्माण गरिरहेकाे हो ।
जिल्लाका विभिन्न स्थानबाट शव जलाउन आउने मलामीहरुका लागि बस्ने हल, काठ दाउरा राख्ने स्टोर, खानेपानी धारा र शौचालय निर्माण गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार राप्ती नदी सिधानिया घाट व्यवस्थापनका लागि पालिकाले भौतिक पूर्वाधार निर्माण शुरु गरेको छ ।
आगामी दिनमा यस घाटलाई थप व्यवस्थित बनाउनका लागि जग्गाको व्यवस्थापन, विद्युतीय शव दाह गृह निर्माण, क्रियापुत्री घर, स्नान घर, सर्बसाधारणलाई नुहाउनका लागि घाटलगायतका संरचना निर्माण गर्ने योजना रहेको अध्यक्ष चौधरीले बताउनुयो ।
गाउँपालिकाको रु ४२ लाखको सहयोगमा डुडुवा–५स्थित राप्ती घाट व्यवस्थापन उपभोक्ता समितिमार्फत निर्माणको कार्य भइरहेकाे पालिकाका इन्जिनियर सुरेन्द्र बर्माले बताउनुभयो । उहाँले नदीको छेउमा पानी भरेका कारणले शवदाह गृह निर्माण गर्न ढिलाई भएकोले अब केहीदिनभित्र निर्माणको कार्य सम्पन्न हुने बताउनुभयो । उहाँका अनुसार नदीको छेउमा कंक्रिट वाल लगाई माटो पटान गरि पक्की शव जलाउनका लागि शबदाह निर्माण गरिनेछ ।
शवदाह निर्माणका लागि स्थानीय उदयराज यादव, गंगाराम यादव, राजकिशोर यादव र तिलकराम यादवले १२ कठ्ठा ६ धुर जग्गा दान गरेको उपभोक्ता समितिका अध्यक्ष बेलबहादुर बोहराले बताउनुभयो ।