चन्द्रबहादुर हत्या काण्ड : अनिल पक्राउ


नेपालगन्ज – काेहलपुरका चन्द्रबहादुर कामीकाे हत्या अाराेपमा प्रहरीले अनिल परियारलाई पक्राउ गरेकाे छ ।
प्रहरीले अनिललाई अाज कुसुमबाट पक्राउ गरेकाे हाे ।
असाेज २६ गते राती बडादशैकाे दिन काेहलपुर नगरपालिका वडा नम्बर ८, पिपिरीका ४० वर्षीय कामीकाे हत्या गरिएकाे थियाे । हत्याराले कामीकाे टाउकाे लिएर गएका थिए । टाउकाे अर्काे दिन घटनास्थलदेखि करिव चार सय मिटर टाढा अनिता परियारकाे घरमा रहेकाे सेफ्टीट्यांकीमा भेटिएकाे थियाे । अनिता अनिलकाे बहिनी पर्छिन् ।
काेहलपुर प्रहरीले हत्यामा संलग्न रहेकाे अाशंका गर्दै अनिलकाे खाेजी गरिरहेकाे थियाे ।
ईलाका प्रहरी कार्यालय, काेहलपुरका प्रहरी निरीक्षक राजकुमार भट्टले अनिल पक्राउ परेकाे र पहिला उसकाे म्याद थपे भएपछि साेधपुछ गर्ने जानकारी दिए ।


error: यो सुविधा उपलब्ध छैन !