राष्ट्रिय सभाबाट टीअारसी विधेयक पारित

काठमाडाैँ – राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पारित गरेको छ।

राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ सभाबाट सर्वसम्मतिले पारित गरेको हो।

सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सभामा विधेयक प्रस्तुत गरेका थिए। मन्त्री चौरसियाको प्रस्तावलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे।


error: यो सुविधा उपलब्ध छैन !