बाँकेका शेर्पाले गरे डिजे तेन्जिङलाई सम्मान


नेपालगन्ज – नेपाल शेर्पा संघ, बाँकेले सगरमाथा क्याम्प–२ (६ हजार चार सय मिटर) उचाईमा डिजे कन्सर्ट गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका डिजे तेन्जिङ शेर्पालाई सम्मान गरेको छ ।
सोलुखुम्बु घर भई काठमाडौंमा बस्दै आएका तेन्जिङलाई नेपालगन्जमा बोलाएर संघले सम्मान गरेको हो । तेन्जिङले एक दशकदेखि सेभ द हिमालय नामक अभियान चलाइरहेका छन् ।
तेन्जिङले सगरमाथा चढ्ने मात्रै नभएर केही नयाँ काम गर्ने हुटहुटीले बेसक्याम्पमा डिजे कन्सर्ट गरेको बताए । उनले आफूले जहिले पनि नेपाल र शेर्पा जातीको शीर उँचो बनाउने काम गरिरहेको बताए ।
संघका अध्यक्ष लाक्पा शेर्पाको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा धर्मगुरु निमा शेर्पा, वरिष्ठ सल्लाहकार नुरी शेर्पालगायतले तेन्जिङले विश्वमा नेपाल र नेपालीलाई चिनाउने काम गरेको भन्दै प्रशंसा गरे ।


error: यो सुविधा उपलब्ध छैन !