जिल्लास्तरीय मेयर कपका लागि विभिन्न उपसमिति गठन
नेपालगञ्ज – जिल्ला स्तरीय मेयर कप छात्र/छात्रा फुटबल प्रतियोगिता–२०८० को सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरिएको छ ।
बांके जिल्ला फुटबल संघकाे अायाेजनामा नेपालगञ्जमा आगामी माघ ६ देखि १४ गते सम्म हुने प्रतियोगिताको लागि गठन गरिएको उपसमिति अन्तर्गत सचिवालय संयोजकमा कमल खत्री, सदस्यमा घनश्याम थापा, प्राविधिक संयोजकमा प्रशिक्षक सानु तामाङ, सदस्यमा रबिन्द्र कुमार श्रेष्ठ, दिपु राना, प्रचार प्रसार संयोजकमा अनिल केसी, सदस्यमा जी. थापा, कुमार श्रेष्ठ, सौरभ रानालाई जिम्मेवारी दिइएको छ ।
यसैगरी पालिकास्तरमा समन्वय गर्नको लागि खजुरा गाउँपालिका संयोजकमा टोपेन्द्र खत्री संयोजक, सदस्यमा हरि प्रकाश विक, छविलाल विष्ट र भागवीर सुनार रहेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका र जानकी गाउँपालिका संयोजकमा भीम जंग शाह, सदस्यमा भद्र सिंह थापा, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका संयोजकमा युवराज शाही, सदस्यहरुमा भोजबहादुर शाही र सिद्धार्थ खत्री रहेका छन् । डुडुवा, राप्तीसोनारी र नरैनापुर समन्वय उप–समितिमा पल सिंह खत्री संयोजक, सदस्यमा शंकर परियार, खड्क खत्री, कमल केसी रहेका छन् ।
प्रतियोगिताको समारोह उपसमिति संयोजकमा ओम प्रकाश केसी, सदस्यमा बासु भण्डारी, नागिन श्रेष्ठ रहेका छन् । अनुशासन उपसमिति संयोजकमा गोवद्र्धन सिंह सम्झना, सदस्यमा गोबिन्द्र प्रसाद श्रेष्ठ, निजामुद्दिन सिद्धिकीलाई जिम्मेवारी दिइएको छ ।
स्वास्थ्य उपसमिति संयोजकमा दिपेन्द्र घले, सदस्यहरुमा तरिन्द्र बहादुर थापा, इन्द्र बहादुर राना रहेका छन् ।
प्रतियोगिता माघ ६ देखि १४ गते सम्म नेपालगञ्जमा हुनेछ । बाँके जिल्लामा रहेका ८ वटा स्थानीय तहमा रहेका विद्यालयहरुको छात्र/छात्रा टिमहरुले सहभागिता जनाउने प्रतियोगिता आयोजना गर्न नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
प्रतियोगितामा करिब ४० विद्यालयहरुको सहभागिता रहने प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष निर्मल चन्दले बताए ।
बाँके जिल्ला फुटलल संघले विगतका वर्षमा मेयर कप जिल्ला स्तरीय छात्र–छात्रा प्रतियोगिता आयोजना गदै आएको थियो । कोभिड–१९ का कारण दुई वर्ष प्रतियोगिता हुन सकेको थिएन । माघको ६ गतेबाट सुरु हुने प्रतियोगिताले विद्यालय स्तरबाट फुटबल खेलाडी उत्पादनमा सहयोग गर्ने अखिल नेपाल फुटलब संघका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट फुटबल टे«निङ सेन्टरमा प्रतियोगिताका खेलहरु हुनेछ । प्रतियोगिताको विजेता टिमले २१ हजार, उपविजेताले ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने संघले जनाएको छ ।