१४ वर्षपछि पक्राउ


नेपालगञ्ज – बाँके प्रहरीले १४ वर्षपछि फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२२ का ५५ वर्षीय मोहम्मद हाफिज खाँलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको हो ।
बाँके जिल्ला अदालतले खाँलाई २०६६ असार २२ गते कर्तब्य ज्यान मुद्दामा १८ वर्ष सजाय तोकेको थियो । अदालतको फैसला अघि नै खाँ फरार भएका थिए ।
यसैबीच, प्रहरीले दुई ग्राम ब्राउनसुगरसहित सुर्खेतका दुई जनालाई पक्राउ गरेको छ । सुर्खेत लाटीकोइलीका नवराज रावत र पवन भण्डारीलाई लागु औषध नियन्त्रण ब्यूरो र गणेशमान चोकमा डिउटीमा रहेको प्रहरीले हेल्मेटमा लुकाएर ल्याएको ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।


error: यो सुविधा उपलब्ध छैन !