नेपालगञ्ज जेसीजमा श्रेष्ठ
नेपालगञ्ज – प्रज्वल श्रेष्ठ नेपालगञ्ज जेसीजका अध्यक्ष भएका छन् ।
३८ औं बार्षिक साधारण सभाबाट श्रेष्ठ अध्यक्ष चयन भएका हुन् । कार्यकारी उपाध्यक्षमा भोजराज तिमिल्सेना र चिरिञ्जबी शर्मा, उपाध्यक्षमा आशिष आनन्द र अंकित कुमार सिंह भयन भएका छन् ।
शनिबार भएको साधारण सभामा नेपालगञ्ज उपमहानगरपालिका मेयर डा. धवलशमशेर राणा जेसीजले ब्यक्तित्व तथा नेतृत्व बिकास हुने खालको कार्यक्रम गतबर्ष जस्तै आगामी वर्ष नेपालगञ्ज उपमहानगरपालिकासँग मिलेर गर्न आग्रह गर्नुभयो ।
रत्नकाजी शाक्यको अध्यक्षतामा भएको साधारण सभामा नेपालगञ्ज जेसीजका पूर्व अध्यक्ष सुनिल कुमार गुप्ता निर्वाचत आयुक्त थिए । यद्यपि, निर्वाचन भएन । सर्वसम्मतिबाट कार्य समिति चयन भयो ।