मृत भेटियो बाघ

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २, मदुईमा मृत अवस्थामा बाघ फेला परेको छ ।
केही दिनदेखि स्थानीयको पशुमाथि निरन्तर आक्रमण गरिरहेको बाघ मृत भेटिएको हो । अशोक सामुदायिक वनमा बाघ मृत अवस्थामा भेटिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख (वार्डेन) श्यामकुमार शाहले जानकारी दिनुभयो ।
बाघको पोष्टमार्टम गर्ने तयारी भइरहेको छ । पोष्टमार्टम पछि बाघलाई कसैले मारेको हो या मरेको भन्ने थाहा हुने वार्डेन शाहले बताउनुभयो ।
मदुईमा केही दिनदेखि बाघले चराउन लगेका पशुमात्रै होइन, गोठमै आएर पशुमाथि आक्रमण गर्ने गरिरहेको थियो । यो कुरा वार्डेन शाहसमक्ष स्थानीयले गुनासो गरेका थिए । बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्दै गएपछि बाघ सामुदायिक वनतिर देखिने गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !