नेपाल विजयी

नेपालगञ्ज – साफ यु १९ फुटबल च्याम्पियनसीपमा नेपालले मालदिभ्सलाई ४-१ गोलले पराजित गरेको छ ।
काठमाडौंस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गरेको थियो । मालदिभ्सले दोस्रो हाफमा एक गोल गरेको थियो ।
नेपालको तर्फबाट समिर तामांगले दुई गोल, प्रशान्त लकसम र निरन्जन धामीले एक एक गोल गरेका थिए । जीतसँगै नेपाल सेमिफाइनलमा पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !