दैलेखी बंगलामा डोजर चल्यो

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले बागेश्वरी मन्दिर पूर्वमा रहेको टहरा र दैलेखी बंगला खाली गराएको छ ।
अदालतले टहरा हटाउन आदेश दिएपछि नेपालगञ्ज उपमहानगरपालिकाले आदेशको कार्यान्वयन गरेको मेयर प्रशान्त विष्टले बताउनुभयो । टहरा भत्काएर खाली भएको ठाउँमा चिल्ड्रेन पार्क र पार्किङस्थल गराउने तयारी भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले टहरा खाली गराउन पटक–पटक आग्रह गरेको थियो । त्यसको बेवास्ता गर्दै बसेका व्यवसायीहरु उपमहानगरपालिका डोजर लिएर पुगेपछि आफ्नो सामान आफैले स्याहारेका थिए । व्यवसायीले आफैले आफ्नो पोको पारेर लिएपछि त्यहाँ उपमहानगरपालिकाले बल प्रयोग गर्नु परेको थिएन ।

दैलेख बंगलामा बसेका व्यक्तिलाई हटाएर त्यहाँको टहरामा डोजर चलाइएको छ । यो नेपालगञ्जको ऐतिहासिक बंगला हो । वर्षौ अघि दैलेखबाट नेपालगञ्जमा हाट बजार गर्न आउने व्यक्तिलाई त्यहाँ बस्ने व्यवस्था मिलाउने गरिन्थ्यो । नेपालगञ्ज उपमहानगरपालिकाले जीर्ण रहेको टहरा भत्काएर त्यहाँ दैलेखी संग्रहालय बनाउने पहल गरेको छ ।
मेयर विष्टले बजेट व्यवस्थापन गरेर चिल्ड्रेन पार्क, बागेश्वरीमा दर्शन गर्न आउने दर्शनार्थीको सवारी साधन पार्किङस्थल बनाउने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !