ठूलो मात्रामा ब्राउनसुगरसहित दुई पक्राउ

नेपालगञ्ज – प्रहरीले ठूलो मात्रामा ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।
नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहा र लागु औषध नियन्त्रण ब्यूरोको टोलीले भारतबाट स्कुटीमा लुकाएर ल्याउदै गरेको १८.५० ग्राम ब्राउनसुगरसहित कैलाली टीकापुरका शिवराज पुरीलाई पक्राउ गरेको हो । भे ९ प ६५२९ नम्बरको स्कूटीको अगाडिको टायरको कभरभित्र राखेर पुरीले ब्राउनसुगर ल्याइरहेका थिए ।

यसैबीच, शनिबार नै जमुनाहाबाट भारत बहराइच मोतिहारीका अब्दुल रसिद दुई सय ग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् । अब्दुल रसिदले हेल्मेटको भित्री भागमा चार वटा प्याकेट ब्राउनसुगर ल्याइरहेका थिए । लागु औषध नियन्त्रण ब्यूरोका प्रसनि प्रेमबहादुर अधिकारीको टोलीले ब्राउनसुगर बरामद गरेको हो । पक्राउ परेका दुवैलाई शंका लागेर जाँच गरिएको थियो । प्रहरीका अनुसार, एकैपटक बरामद गरिएको दुई सय ग्राम ब्राउनसुगर अहिलेसम्मकै धेरै हो ।
प्रहरीका अनुसार, पुरी र रसिद कारोबारी हुन् । सीमावर्ती भारतीय बजार रुपैडिहामा सजिलै ब्राउनसुगर पाइदा नेपालतिर कारोबार बढेको छ । नेपाली युवाहरु रुपैडिहामा पुगेर ब्राउनसुगर खरिद गरेर शरीर तथा सवारी साधनका विभिन्न ठाउँमा लुकाएर ल्याउने गर्दछन् ।


error: यो सुविधा उपलब्ध छैन !