हुलाक बचत बैंक वाणिज्य बैंकलाई हस्तान्तरण


नेपालगञ्ज – नेपाल सरकारले बजेट बक्तव्यको बुदा नं. ३७४ मार्फत नेपाल भरी रहेका हुलाक बचत बैंकलाई क श्रेणीको वाणिज्य बैंकमा हस्तान्तरण गर्ने घोषणा गरे बमोजिम नेपाल सरकार मन्त्रीपरिषदको यही असार १२ गतेको निर्णय तथा हुलाक सेवा विभाग र राष्ट्रिय वाणिज्य वैंक केन्द्रीय कार्यालय बीच यही असार २४ गते भएको सम्झौता अनुसार जिल्ला हुलाक कार्यालय बांकेमा रहेको हुलाक बचत र्बैकका खाता राष्ट्रिय वाणिज्य वैंक त्रिभुवनचोक शाखामा हस्तान्तरण गरिएको छ ।
जिल्ला हुलाक कार्यालय बांकेका कार्यालय प्रमुख गोबिन्द प्रसाद पाण्डेले वाणिज्य बैंकका फोकलपर्सन रवी अर्याललाई हुलाक बचत बैंक बांकेमा रहेका २११४ बचतकर्ताको ११ करोड ५८ लाख ३० हजार बचत रकम सहितको विवरणको प्रमाणित प्रति र सफ्ट कपी हस्तान्तरण  गर्नु भएको छ ।
यस अघि हुलाक बचत र्बैकबाट हुंदै गरेको कारोबार चालु आर्थिक वर्ष ०८०।८१ को साउनबाट राष्ट्रिय वाणिज्य वैंक त्रिभुवन चोकबाट संचालन गरिने छ ।
सेवाग्राहीले आफ्नो खातालाई क्रियाशील गराई तत्काल रकम निकाल्न परेमा लागि सक्कल नागरिकता र सो को प्रतिलिपि, हुलाक बचत बैंकबाट जारी चेक बुक र पासबुक, पासपोर्ट साइजको ३ प्रति फोटो तथा ब्यक्तिको नागरिकता तथा सो को प्रतिलिपि लिई राष्ट्रिय वाणिज्य वैंक त्रिभुवनचोक शाखामा सम्पर्क गर्न सकिने वाणिज्य वैंकका व्यवस्थापक कृष्ण धितालले बताउनु भयो ।
साउन महिनाको उपयुक्त समयमा जिल्ला हुलाक कार्यालय बांके र राष्ट्रिय वाणिज्य वैंक त्रिभुवनचोक शाखाको संयुक्त आयोजनामा साउनको दोस्रो हप्ता जिल्ला हुलाक कार्यालय बांकेमा सेवाग्राहीका बचत खाता क्रियाशील सहजीकरणका लागि सप्ताह व्यापी कार्यक्रम संचालन गरिने कुरा जिल्ला हुलाक कार्यालय बांकेका कार्यालय प्रमुख गोबिन्द प्रसाद पाण्डेले बताउनु भयो ।


error: यो सुविधा उपलब्ध छैन !