तन्नाको पासो बनाएर थुनुवाले गरे कारागारमा आत्महत्या

नेपालगञ्ज – नेपालगञ्ज कारागारमा एक जना थुनुवाले आत्महत्या गरेका छन् ।
डाँका चोरी मुद्दामा कारागार पुगेका बाँके जानकी गाउँपालिका वडा नं. ६ का २३ वर्षीय निरजकुमार बानियाले कारागारको बाथरुममा तन्नाको पासो बनाएर आत्महत्या गरेका हुन् । २०७९ चैत्र २२ गते अदालतले डाँका चोरी मुद्दामा तीन वर्ष कैद र ३० हजार जरिवाना तोकिएका बानियालाई प्रहरीले असार ५ गते पक्राउ गरेको थियो ।
बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार, निरज विहान ५ बजे बाथरुममा तन्नाको पासो बनाएर झुण्डिएको अवस्थामा फेला परेका थिए । शवलाई पोष्टमार्टमका लागि भेरी अस्पतालमा लगिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !