चिनी, तेल र सूर्ती बरामद

नेपालगञ्ज – बांके प्रहरीले ठूलाे मात्रामा चिनी, तेल र सूर्ती बरामद गरेकाे छ ।

प्रहरी प्रबक्ता नारायण डांगीका अनुसार, नेपालगञ्ज-१२, काेरियनपुरबाट भे १ ख ३३४८ नम्बरकाे ट्रकमा रहेकाे ६० बाेरा चिनी, प्रतिपेटी १० लिटर रहेकाे तीन सय पेटी स्वायबिनकाे तेल, ५० पाेका सुपरपावर सूर्ती बरामद गरिएकाे छ ।

प्रहरीले बरामद सामान र ट्रकसहितकाे १७ लाख ५२ हजार मूल्य निर्धारण गरेकाे छ । चालक र ट्रक प्रहरीकाे नियन्त्रणमा रहेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !