सकियो ‘टूर दि ठाकुरद्वारा’

सतिश निरौला (ठाकुरद्वारा) – नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरबाट शुरु भएको ‘टूर दि ठाकुरद्वारा’ साइकल यात्रा सकिएको छ ।
बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले फ्ल्याग अफ गरि शुक्रबार शुरु भएको साइकल यात्रा शनिबार बर्दियाको ठाकुरद्वारामा पुगेर उल्लास र हर्षका साथ सम्पन्न भएको हो ।
नेपालगञ्ज साइक्लिङ क्लवले आयोजना गरिएको साइकल यात्रा बाँकेको जानकी गाउँपालिका, खजुरा गाउँपालिका, बर्दियाको बढैयाताल गाउँपालिका, गुलरिया नगरपालिका, मधुबन नगरपालिका, डल्ला गाउँ होमस्टे हुँदै ठाकुरद्वारा पुगेको थियो ।


एक सय १८ जनाको समुहलाई ठाकुरद्वारा मन्दिर परिसरमा ठाकुराबाबा नगरपालिकाकी उपमेयर कृष्णी कुश्मा थारुले स्वागत गर्नुभएको थियो । साइकल यात्रीहरुलाई खजुरा गाउँपालिकाका प्रमुख किस्मत कक्षपतिले खजुराबजार, बढैयातालका प्रमुख लालबहादुर श्रेष्ठले बढैयातालमा, गुलरिया का मेयर मुक्तिनाथ यादवले गुलरिया बजारमा, मधुवनका मेयरले ताराताल बजारमा सबै साइकल यात्रीहरुलाई स्वागत गर्नुभएको थियो भने डल्ला होमस्टेले विशेष सम्मान गरेको थियो ।
भारतीय साइक्लिस्ट शैलेन्द्र शाह, रबिन्दर सिंह ओबराय, सन्जिभ जिन्दल र अस्ट्रेलियन नागरिक निल मेले सहभागिता जनाएका थिए । प्रमुख राइडरको रूपमा बिश्व साइकलयात्री पुष्कर शाहले सहभागिता जनाउनुभएको क्लब अध्यक्ष गगन सिंह थापाले जानकारी दिनुभयो ।
२५ गते बिहान सबै साइकलयात्रीहरु ठाकुरद्वाराबाट सुदुरपश्चिम प्रदेशको प्रवेशद्वार कर्णाली पुलसम्म पुगेर साइकल यात्रा समापन गरिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !