नरैनापुरकाे बजेट ४८ करोड ६२ लाख
नरैनापुर – बाँकेको नरैनापुर गाँउपालिकाले शिक्षा, स्वास्थ्य, सामाजिक विकास र कृषिलाई प्राथमिकतामा राखेर २०८०-८१ को बजेट ल्याएको छ ।
पालिकाकाे १३ अाै सभामा नरैनापुर ५ का वडा अध्यक्ष कृष्ण चन्द्र मौर्यले नीति तथा कार्यक्रमलाई साकार पार्न आगामी आर्थिक वर्ष २०८०-८१ को लागि कूल ४८ करोड ६२ लाख २ हजार ८ सय ७३ रुपैयाको अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नु भयाे ।
स्थानीय संचित कोषबाट खर्चहुने रकम मध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमहरुका लागि ५ करोड ७० लाख विनियोजन गरिएको छ । कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रको लागि ३ करोड ३० लाख विनियोजन गरिएको छ । पूर्वाधार बिकास क्षेत्रको लागि १० करोड बिनियोजन गरिएको छ । सामाजिक बिकास क्षेत्रको लागि २० करोड बजेट विनियोजन गरिएको छ । सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि ५ करोड बजेट बिनियोजन गरिएको छ । संघ र प्रदेश सरकारबाट प्राप्त विभिन्न योजनाको लागि समपूरक कोषको लागि २ करोड विनियोजन गरिएको बजेटमा उल्लेख छ ।
गाउंसभामा पालिका अध्यक्ष इश्तियाक अहमद शाहले आर्थिक बर्ष २०८०-०८१ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।
खस्कदै गरेको शैक्षिक गुणस्तरलाई उकास्नेगरी सामुदायिक विद्यालयले प्रदान गरेका सेवालाई प्राथमिकतामा राखिएको छ । अल्पसंख्यक, जेहेन्दार र अति विपन्न वर्गका सामुदायिक विद्यालमा अध्ययनरत बालबालिकाहरुको लागि १२ कक्षा सम्म क्रमस निःशुल्क पठनपाठनको व्यवस्थाप मिलाइने, जीवन पर्यन्त शिक्षालाई निरन्तरता दिन सामुदायिक सिकाई केन्दहरुलाई प्रविधिमैत्री साक्षरता अभियान सञ्चालन गर्ने नीतिमा उल्लेख छ ।
यसै गरी विद्यालयमा विद्युत जडानको सुनिश्चितता गरिनेछ । सबै शैक्षिक संस्थाहरुमा इन्टरनेट सेवा विस्तार गरिनेछ । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय पुर्याउन, परम्परागत तथा धार्मिक विद्यालयमा कक्षा पूरा गरेका बालबालिकालाई माथिल्लो कक्षा अध्ययनका लागि कार्यक्रम सञ्चालन गरिनेछ । विद्यालयमा आधुनिक सूचना तथा प्रविधिको प्रयोग गरि शिक्षण सिकाइ गर्न सक्ने बनाउन सोही अनुरुप भौतिक निर्माण, विद्युतीकरण, तथा आईसीटीमा पहुँच र प्रयोग सुनिश्चितता गर्न आवश्यक सहयोग गरी आधुनिक सूचना प्रविधिमैत्री शिक्षण सिकाइमा जोड दिइने उल्लेख गरिएकाे छ । प्रधानाध्यापक, शिक्षक तथा शिक्षा सम्बद्ध व्यक्ति तथा संस्थाहरुको नेतृत्व क्षमता विकास गर्ने, शैक्षिक मनोपरामर्शका लागि आवश्यक कार्यक्रम तय गर्ने, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयस्तरीय तथा अन्तरविद्यालयस्तरीय विविध शैक्षिक कार्यक्रम तथा शैक्षिक अनुभव आदानप्रदानको अवसरहरु सिर्जना गरिने उल्लेख गरिएको छ
नेपालको अथर्तन्त्रको भरपर्दो आधारको रूपमा रहेको कृषि क्षेत्रको उत्पादनलाई बढाउन गतबर्ष सुख्खाका कारण उत्पन्न भएको चुनौती र अवसरलाई सम्बोधन गर्न कृषि कार्यको व्यवसायिकरण यान्त्रिकरण र आधुनिकिकरण गरि रोजगारी सृजना गरिने, नगदेबाली कागती,मेवा लगायतका खेतीलाई प्रवद्धन गर्ने, नरैनापुरलाई गाउँपालिकालाई कृषि हबको रुपमा विस्तार गर्न सम्भावनाको आधारमा सहकारी सामुदायिक तथा निजी फर्ममार्फत ठूलो परिमाणमा उत्पादन वृद्वि गर्ने, सिंचाई मल वीउ प्रविधि र बजार सुनिश्चत गर्ने, कृषि र पशुपालनवाट स्वरोजगार समृद्ध नरैनापुर रोजगारीको आधार कृषि विकासको लागि पकेट क्षेत्रको पहिचान गरि सबै वडामा व्यवसायिक खेती, नगदे एवं उच्च सम्भावनायुक्त तरकारी तथा फलफुल खेतीलाई प्रोत्साहनको लागि उन्नत वीउ, मल, उपकरणको प्रयाप्त व्यवस्था गर्ने, पशु आहारा विकास कार्यक्रम तथा नश्ल सुधारका लागि कृत्रिम गर्वाधान कार्यक्रम संचालन गर्ने, पशु स्वास्थ्य नियमन कार्यक्रम र पशु औषधि खोप तथा विमामा विस्तार गरिने उल्लेख छ ।
उपलब्ध श्रोत, सूचना र मानव संसाधनको उच्चतम परिचालन गर्दै विकासको गतिलाई तिव्रता दिने, सामाजिक, आर्थिक, भौतिक पूर्वाधार विकासमार्फत समुन्नत र समाजबाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणमा पालिकाकोे आर्थिक गतिविधिहरुमार्फत योगदान गर्ने उल्लेख गरिएको छ ।
लैङ्गिक समानता र सामाजिक समाबेसीकरणलाई टेवा पुग्ने कार्यक्रम संचालन गर्ने,भाषिक तथा साँस्कृतिक पक्षको जगेर्ना र सामाजिक सदभाव तथा एकता अभिवृद्धिमा सघाउ पु¥याउने खाले कार्यक्रम निर्माण गरिने उल्लेख छ ।
गाउंसभाले न्यायीक समितिलाई पूर्णता दिएको छ । सभाले वडा नं.१ का अध्यक्ष इसाक जोलाह र ५ वडा अध्यक्ष कृष्ण चन्द्र मार्यलाई सर्व सम्मत रुपमा सदस्यमा मनोनित गरेको छ ।
गाँउसभाको उदघाटन सत्रमा गाँउपालिका अध्यक्ष शाहले प्रतिनिधि सभा सदस्य सूर्य ढकाल, प्रदेश सभा सदस्य कृष्णा केसी, नेपाली काग्रेसका नेता राम चन्द्र मार्य र रामा नन्द शर्मा लगायतलाई दोसल्ला उढाएर सम्मान गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले गर्नु भएको थियो भने संचालन जिन्सी शाखा प्रमुख भरत महतोले गर्नु भएको लेखापाल प्रकाश अधिकारीले जानकारी दिनु भयो ।