राप्रपाको प्रदेश ५ मा बाँकेका ६ जना

नेपालगञ्ज – राप्रपाको ५ नम्बर प्रदेश कार्य समिति बनेको छ । अध्यक्ष कमल थापाले मनोनित गरेको ६ जना पदाधिकारी र २४ जना सदस्यमा बाँकेबाट उपाध्यक्षसहित पाँच जना परेका छन् । राप्रपाले यसअघि नै प्रदेश अध्यक्षमा बुटवलका प्रदीप उदय र सदस्य सचिवमा बाँकेका ऋषिराज देवकोटालाई चयन गरिसकेको थियो ।
अहिले मनोनित गरिएको उपाध्यक्षद्वयमा बाँकेकी बिनी टण्डन र दाङका दामोदर भण्डारी, प्रवक्तामा रुपन्देहीका रवि रौनियार, कोषाध्यक्षमा कपिलबस्तुका राजन अधिकारी, सहसचिवद्वय दाङका बम्शी शर्मा र युएइका तोयानाथ लम्साल रहेका छन् ।
सदस्यहरुमा बाँकेका रुद्रमणि न्यौपाने, सफिक बेहना, आशा थापा विष्ट र श्याम थापा, रुपन्देहीका कमल बस्याल, सुग्रीभ त्रिपाठी, छविलाल भट्टराई, शुष्मा अधिकारी, कपिलबस्तुका थमनसिंह थापा, खिमानन्द न्यौपाने, टेकबहादुर बस्नेत, बर्दियाका पार्वती लम्साल र शम्भुप्रसाद ढुंगाना, दाङका लक्ष्मण केसी र किशोर न्यौपाने, गुल्मीका पूर्णबहादुर खत्री र हिमाल गौतम, रुकुमपूर्वका भक्ति पुन र मोहनजंग शाह, रोल्पाका टुकमान पुन र देवविक्रम शाह, अर्घाखाँचीका घनश्याम बेलवासे र अमर थापा, प्यूठानका मोहम्मद सलिम रहेका छन् ।
सदस्य सचिव देवकोटाले सांगाठानिक हिसावले ५ नम्बर प्रदेश देशकै नमूना संगठन बनाउने दृढ संकल्पका साथ अगाडि बढेको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !