ह्वावे वाई एस सार्वजनिक

काठमाडौं – ह्वावेले आफ्नो लोकप्रिय वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोनमा ह्वावे वाई एस सार्वजनिक गरेको छ । वाई सिरिजअन्तर्गतका अघिल्ला स्मार्टफोनहरूजस्तै वाई सिक्स एस सुलभ दाममा खरिद गर्न सकिने, सर्वोत्कृष्ट गेमिङ तथा फोटोग्राफी विशेषता र विशिष्ट अडियो तथा भिडियो विशषेताहरू रहेका छन् । वाई सिक्स एस कालो र नीलोमा दुई वटा रंगहरूमा उपलब्ध छ ।
ह्वावे वाई सिक्स एसमा ३ जिबी मेमोरी, ६४ जीबी स्टोरेज क्षमता र ५१२ जिबीको मेमोरी कार्ड राख्न मिल्ने सुविधा पनि रहेको छ ।
ह्वावे वाई सिक्स एसमा हार्डवेयर तथा सफ्टवेयरको सर्वोत्कृष्ट समायोजन रहेको छ । यसमा बिस्तारित २.३ जीएचजेड लार्ज कोरहरूसहितको नयाँ अक्टा–कोर प्रोसेसर र इन्टेलिजेन्ट ईएमयूआई ९.१ सिस्टममा सञ्चालन हुन्छ । ब्याकग्राउन्डमा चल्ने सिस्टम क्यासलाई स्वतः हटाउँछ । जब स्मार्टफोनको स्टोरेज ३० प्रतिशतभन्दा तल झर्छ तब सिस्टमले आफैँ प्रयोगकर्तालाई अनावश्यक फाइलहरू हटाउन रिमाइन्ड गर्दछ । ईएमयूआई ९.१ ले सजिलै चलाउनका लागि नेभिगेशन जेस्चरहरूको पनि सुविधा प्रदान गर्दछ ।
ह्वावे वाई सिक्स एसमा भएको १३ एमपी रियर क्यामराले हाई रेजलुसनसहितको एकदमै स्पष्ट फोटो खिच्ने गर्दछ । वाई सिक्स एसको १५६० इन्टु ७२० रेजलुशनसहितको ६.०९ ईन्चको एचडी डिस्प्ले रहेको छ । यसमा रहेको फ्रन्ट क्यामरा, एम्बियन्ट लाईट सेन्सर, सुपरस्लीम रिसिभर सबै सानो आकारको नोचमा रहेको छ । वाई सिक्स एसमा उत्कृष्ट भ्यूइङ्ग अनुभव प्रदान गर्दछ । वाई सिक्स एसमा आँखाका लागि सहज हुने विशेषता आई कम्फर्ट मोड रहेको छ र यसको लो ब्लु लाईटका लागि टियूभी रेइनल्यान्डबाट प्रमाणित भएको छ । यसले घातक ब्लु लाईटलाई फिल्टर गर्दछ ।
ह्वावे वाई सिक्स एसमा ८ एमपीको फ्रन्ट क्यामरा रहेको छ । स्क्रीन लाईटयुक्त यस ह्वावे वाई सिक्स एसमा ३०२० एमएएच ब्याट्री जडित छ । यसमा भएको एआई पावर सेभिङ टेक्नोलोजीले ब्याट्री लाईफलाई टिकाउ बनाउँछ । यस स्मार्टफोनमा भएको फेस अनलकिङ र फिङ्गर प्रिन्ट सुविधाले प्रयोगकर्ताको सूचनालाई रक्षा गर्दछ । फेस लकले इन्टेलिजेन्ट रुपमा लो–लाइट अवस्थामा सजिलै प्रयोगकर्ताको अनुहार पहिचान गर्दछ ।
३ जिबीं ६४ जिबीयुक्त ह्वावे वाई सिक्स एसको बजार मूल्य रुपैयाँ १४ हजार ९ सय ९० तोकिएको छ र यो नेपालभर उपलब्ध छ ।


error: यो सुविधा उपलब्ध छैन !