शिक्षककाे जंगलमा भेटियाे जलेकाे शव

 

नेपालगञ्ज – नेपालगञ्जकाे रांझास्थित अादर्श माविमा पढाउने शिक्षक रविन्द्र रेग्मी ढकेरीनजिक जंगलमा मृत भेटिएका छन् ।

हिजाे १.३० बजे स्कूलबाट निस्केका शिक्षक रेग्मी बजार गएर घर गई बैठकमा जाने भन्दै घरबाट निस्केका थिए । राती अबेरसम्म घर नअाएपछि खाेजी थालिएकाे थियाे । मंगलबार पूर्वपश्चिम राजमार्गकाे ढकेरी नजिककाे जंगलमा रेग्मीकाे शव भेटिएकाे छ । शव जलेकाे अवस्थामा रहेकाे छ ।

सडकमा माेटरसाइकल थियाे । राजमार्गदेखि सय मिटर टाढा शव भेटिएकाे छ । रेग्मीले अात्महत्या गरेकाे कि कसैले हत्या गरेकाे यकिन भइसकेकाे छैन । प्रहरीले अनुसन्धान थालेकाे जनाएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !