एक सय नौ जना स्थायी शिक्षक पालिकातिर

नेपालगञ्ज – शिक्षा सेवा आयोगबाट नाम निकालेका एक सय नौ जना प्राविका स्थायी शिक्षकलाई पालिकाहरुमा पठाइएको छ ।

शिक्षा समन्वय इकाई, बाँकेले मंगलबार उनीहरुलाई स्थानीय तहको स्थायी नियुक्ति पत्र दिएर आठ वटा पालिकामा पठाएको हो । उनीहरुलाई पालिकाले आवश्यकता अनुसार पदस्थापना गर्ने विद्यालय निरीक्षक उद्धव श्रेष्ठले बताउनुभयो । यसरी पदस्थापना गर्दा महिला र अपाङ्गतालाई प्राथमिकता दिनु पर्दछ ।

राप्तीसोनारीमा २७ जना, नरैनापुर गाउँपालिकामा १९ जना, डुडुवा गाउँपालिकामा १८ जना, नेपालगञ्ज उपमहानगरपालिकामा १६ जना, खजुरा गाउँपालिकामा १० जना, जानकी गाउँपालिकामा नौ जना, बैजनाथ गाउँपालिकामा सात जना र कोहलपुर नगरपालिकामा तीन जना परेका छन् ।

बाँकेमा गुरुकूल, मदरसासहित तीन सय ७१ वटा सामुदायिक विद्यालय छन् । स्थायी शिक्षकले अस्थायी शिक्षकलाई विस्थापित गर्ने छन् । जिल्लामा अझै चार दर्जन अस्थायी दरबन्दीका शिक्षक रहेका छन् । उनीहरुलाई पनि विस्तारै विस्थापित गर्ने रणनीति बनाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !