‘टूर डे ठाकुरद्वारा’ को तयारी पूरा

नेपालगञ्ज – ‘टूर डे ठाकुरद्वारा’ को दोस्रो संस्करणको तयारी पूरा भएको छ ।
देश, विदेशका पर्यटकलाई बाँके र बर्दियामा भित्र्याउने उद्देश्यले नेपालगञ्ज साइक्लिङ क्लवले गतवर्षदेखि शुरु गरेको ‘टूर डे ठाकुरद्वारा’को दोस्रो संस्करण २४ गते विहान नेपालगञ्जको बागेश्वरी मन्दिरबाट शुरु हुँदैछ ।
नेपालगञ्ज साइक्लिङ क्लवले ‘टूर डे फ्रान्स’ को जस्तै नेपालगञ्जको नयाँ परिचय स्थापित गर्न लागि परेको छ । जसरी फ्रान्समा हरेक बर्ष आयोजना गरिने ‘टूर डे फ्रान्स’ ले फ्रान्सको छुट्टै परिचय स्थापित गरेको छ । लाखौं पर्यटकलाई यही बाहानामा फ्रान्स घुमाएको पनि छ ।
‘टूर डे ठाकुरद्वारा’मा गतवर्ष दुई अस्ट्रेलियन नागरिक निल मे र रफिल डेभिस सहित जिल्ला बाहिरबाट १७ जना साइक्लिष्टले सहभागिता जनाउनु भएको थियो । यसबर्ष एक अस्ट्रेलियन नागरिक निल मे, भारत उत्तर प्रदेश बरेलीबाट रबिन्दर सिंह ओबराय र सन्जिभ जिन्दल, अमिर अलि, उत्तराखण्डका पर्यटन ब्यबसायी शैलेन्द्र शाह सहभागी हुने इभेन्ट डाइरेक्टर सतिश निरौलाले जानकारी दिनुभयो । गतबर्ष साइकल यात्राको लिड गर्नुभएका बिश्व साइकलयात्री तथा कृतिमानी सगरमाथा आरोही पुष्कर शाह यो बर्ष पनि साइकल यात्राको प्रमुख राइडरको रूपमा सहभागिता जनाउने निरौलाले बताउनुभयो । एकमात्र खुट्टाले साइक्लिङ गर्ने पारा साइक्लिष्ट यमलाल रसाइली, ७७ जिल्ला साइकलबाट पूरा गरेका तेजप्रसाद पराजुली, मेची–महाकाली साइकल यात्रा पूरा गरेका रेशम केसी, खप्तडमा पहिलोपटक साइकल पुर्याउनु भएका साइकलयात्री भरतबिक्रम शाहसहित एक सय दश जना राइडमा सहभागी हुने क्लवले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
नेपालगञ्जमा केही बर्षदेखि सक्रिय मल्हमपट्टि मर्निङ वाक ग्रुपसमेत यस कार्यक्रममा सहभागिता जनाउँदै छ । जसको नेतृत्व नेपालगञ्ज मेडिकल कलेजका निर्देशक डा. सुरेशकुमार कनोडियाले गर्दै हुनुहुन्छ ।


क्लवले टुर डे ठाकुरद्वाराले सरकारले घोषणा गरेको भ्रमण बर्षलाई समेत सघाउ पुर्याउने बिश्वास लिएको छ । यसबर्षको राइडको रुट नेपालगञ्जको बागेश्वरी मन्दिरबाट शुरु गरि नगरपरिक्रमा सहित जानकी गाउँपालिका, खजुरा गाउँपालिका, बर्दियाको बढैयाताल गाउँपालिका, गुलरिया नगरपालिका, मधुबन नगरपालिका हुँदै ठाकुरद्वारासम्मको यात्रा तय गरिएको छ ।
पर्या, पर्यटन, वातावरण संरक्षण र स्वास्थ्य चेतना समेत जगाउने गरि पाटे बाघको अवलोकनका लागि बिश्व मै उत्कृष्ठ ५ औं गन्तव्यको सूचीमा परेको बर्दिया राष्ट्रिय निकुञ्ज र नेपाल सरकारले जारी गरेको उत्कृष्ठ सय गन्तव्यको सूचीभित्र परेको ठाकुरद्वाराको प्रचारप्रसारका लागी समेत कार्यक्रम बिशेष रहने क्लवले जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !