पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु

नेपालगञ्ज – कोहलपुरमा पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका वडा नंं. १० र १३ नम्बरमा पर्ने बन्दामा डुबेर कोहलपुर वडा नं. १२ का मनसुन बराल र अनिल भट्टराईको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका इन्चार्ज डीएसपी सुन्दर तिवारीका अनुसार, दिउँसो १२ बजेतिर पाँच जना बालकहरु पौडी खेल्न बन्दामा पुगेका थिए । पाँच जनामध्ये शुरुमा दुई जना पानीमा पसेका थिए । दुई जना नै डुब्दै गएपछि घरपरिवार र प्रहरीलाई खबर गरिएको थियो । घरपरिवार र प्रहरीको टोलीले पुगेर उद्धार गर्दासम्म दुवै जनाको मृत्यु भइसकेको थियो । यद्यपि, उनीहरुलाई अस्पताल पु¥याइएको थियो ।

बन्दामा पिकनिक खान र पौडी खेल्न जाने गरेको पाइन्छ । अबदेखि प्रहरीले बन्दामा दुर्घटनास्थलको बोर्ड राख्ने र पौडी खेल्दा सचेत गराउने तयारी गरेको छ । इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी तिवारीले बन्दामा सचेतनामूलक बोर्ड राख्ने योजना बनाएको बताउनुभयो । ‘त्यहाँ दुर्घटना भइरहने रहेछ । अब हामीले सचेतनामूलक बोर्ड राख्ने योजना बनाएका छौं, डीएसपी तिवारीले भन्नुभयो, बोर्ड राखेपछि सचेत होलान् नि ।’


error: यो सुविधा उपलब्ध छैन !