बाँकेका भण्डारीलाल अहिर बने कृषिमन्त्री
नेपालगञ्ज – बाँकेका भण्डारीलाल अहिर यादव कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका छन् ।
लुम्बिनी प्रदेशमा जसपा संसदीय दलका नेता अहिरले सोमबार कृषि तथा भूमि व्यवस्था मन्त्रीको पद तथा गोपनियताको शपथ लिएका छन् ।
मुख्यमन्त्री लिला गिरीको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले अहिरलाइ पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
लुम्बिनीमा १० मन्त्रालय र ११ जना मन्त्री भएका छन् ।