मंगोलियनलाई खुल्ला जुनियर जुडोको उपाधी

खजुरा – बाँकेको खजुरामा सम्पन्न ‘दोस्रो खुल्ला जुनियर जुडो प्रतियोगिता २०७९’ को उपाधी आयोजक मंगोलियन जुडो डोजोले जितेको छ ।
आयोजकले ८ स्वर्ण, ५ रजत र ६ कास्यसहित प्रतियोगिताको उपाधी जितेको हो ।

प्रतियोगितामा बाँकेकै कम्दी जुडो डोजो दोस्रो भएको छ ।कम्दीले ४ स्वर्ण र ७ रजत र ३ कास्य जितेको छ । तेस्रो बनेको दाङ जुडो डोजोले ४ स्वर्णसहित १ रजत र ४ कास्य जितेको छ ।

त्यस्तै कैलाली जुडो डोजोले २ रजत र ५ कास्यमात्र जितेको छ भने कन्चनपुर जुडो डोजोले १ कास्य मात्र जित्न सफल भएको छ ।
पोखरा जुडो डोजोले भने १ रजत र ४ कास्य जितेको छ ।

प्रतियोगितामा मंगोलियन जुडो डोजोकी दिक्षा मगर र दाङ जुडो डोजोका सुमित केसी सर्वोत्कृष्ठ खेलाडी घोषित भए । उनीहरुले नगद २ हजार ५ सयसहित ट्रफी प्राप्त गरे ।

विजेता खेलाडी तथा टिमलाई प्रमुख अतिथि एवम् खजुरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, ज्ञानोदय नमुना माविका प्रअ ऋषिराम सापकोटालगायतले पुरस्कृत गरे ।

शुक्रबारदेखि खजुरा गाउँपालिकाको सहकार्यमा मंगोलियन जुडो डोजोले खजुरा गाउँपालिकाको वडा नम्बर ३ मा रहेको ज्ञानोदय नमुना माविको प्रांगणमा ‘दोस्रो खुल्ला जुनियर जुडो प्रतियोगिता २०७९’ आयोजना गरेको हो ।


error: यो सुविधा उपलब्ध छैन !