प्रेस चौतारीको स्थापना दिवसमा फुटसल

नेपालगञ्ज – प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवको अवसरमा नेपालगञ्जमा मैत्रीपूर्ण फुटसल खेलिएको छ ।

प्रेस चौतारी, बाँकेले विविध कार्यक्रम गरेर स्थापना दिवस मनाउने क्रममा बाँकेका महिला पत्रकार र होप इन्टरनेशनल स्कूलका शिक्षिका बीचमा फुटसल खेलाएको हो । होपको फुटसल मैदानमा भएको खेलमा पत्रकार महिला टीम विजयी भएको थियो । निकै नै घम्साघम्सी रहेको खेलमा पत्रकार महिला टीम १–० गोल अन्तरले विजयी भएको थियो ।

मैत्रीपूर्ण फुटसल खेल्ने दुवै टीमका खेलाडीलाई प्रमाणपत्रसहित मायाको चिनो प्रदान गरिएको थियो । सो अवसरमा चौतारीका जिल्ला अध्यक्ष दुर्गा रोकाय, सचिव कमल डाँगीसहित जिल्ला, प्रदेश र केन्द्रका नेताहरुको उपस्थिति थियो ।

चौतारीले आइतबार विहान पत्रकार र नेताका बीचमा फुटबल राखेको छ । त्यसपछि चौतारीको पुरस्कार वितरण र वनभोज रहेको सचिव डाँगीले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !