दोस्रो बुष्टर डोजको तयारी

फाइल फोटो

नेपालगञ्ज – स्वास्थ्य कार्यालय, बाँकेले कोभिड–१९ विरुद्धको दोस्रो बुष्टर डोज लगाउने तयारी गरेको छ ।

कार्यालयका निमित्त प्रमुख एवं खोप सुपरभाइजर नरेश श्रेष्ठले ५५ वर्षमाथिका उमेर समूह, १२ वर्षमाथिका दीर्घरोगी, गर्भवती महिला र स्वास्थ्यकर्मीलाई पहिलो चरणमा दोस्रो बुष्टर डोज लगाउने तयारी गरेको जानकारी दिनुभयो ।

५५ वर्षमाथिका व्यक्तिको हकमा पहिलो बुष्टर डोज लगाएको ६ महिना पुगेको हुनुपर्छ । स्वास्थ्य कार्यालयले जिल्लाका आठ वटै पालिकासँग उल्लेखित समूहको वडावाइज नामावली पठाइदिन अनुरोध गरेको छ ।

कोरोनाविरुद्धमा पहिलो र दोस्रो खोप लगाएपछि बुष्टर डोज लगाइएको थियो । सरकारले अब बुष्टरको पनि दोस्रो मात्रा लगाउने तयारी गरेको छ । बाँकेमा पहिलो चरणमा तीन लक्षित समूहलाई खोप लगाइदैछ ।


error: यो सुविधा उपलब्ध छैन !