ट्रकले ठक्कर दिंदा साइकलयात्रीको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

नेपालगञ्जको न्यूरोडस्थित भानुभक्त चोकमा ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिंदा साइकलयात्री तेजन थापामगरकाे मृत्यु भएको प्रहरीले बताएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मगरकाे उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । मगरकाे शवलाई पोष्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको छ भने ट्रक प्रहरी नियन्त्रणमा रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !