बाल सुधार गृहबाट चार जना भागे, छानबिन समिति गठन

नेपालगञ्ज – बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहबाट चार जना भागेका छन् ।

अपराधमा मुछिएका बालकलाई उक्त बाल सुधार गृहमा राख्ने गरिन्छ । जबरजस्ती करणीका तीन जना र कर्तब्य ज्यान मुद्दाका एक जना बिहीबार साँझ फरार भएका हुन् । बाल सुधार गृहबाट जबरजस्ती करणी मुद्दाका धर्म थापा, कृष्ण नगरकोटी र अविनाश पुन तथा कर्तब्य ज्यान मुद्दाका पुरन चौधरी फरार भएका छन् ।

बाँके प्रहरीले फरार रहेका बालकको खोजी गरिरहेको जनाएको छ । बन्दी गृहमा रहेका बालक फरार भएपछि त्यसको छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा अनुसन्धान विभाग, प्रहरी र कारागारका प्रतिनिधि छन् ।

बाँके प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तिले फरार रहेका बालकको खोजी गरिरहेपनि फेला परिनसकेको जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !